हामी एकबद्व नभए रम्बुक सिर्डस अर्को उतर नारायण बन्न बेर लाग्ने छैन: अजय एडवाडर्स

IMG-20230604-WA0338.jpg

दार्जीलिङ: हामी एकबद्व नभए रम्बुक सिर्डस अर्को उतर नारायण हुन बेर लाग्ने छैन यो मनतब्य हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले पोखे को हो। सोनादा पचेङ समष्टि अन्तर्गत स्टक मिसिन हलमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने सिलगढीको सिटी सेन्ट्रर भएको ठाउँमा एउटा सानो चिया बगान थियो।त्यो बगान मा कार्यरत आदिबासी श्रमिकहरूलाई बगान मालिकले ठूल्ठूला सपनाहरू देखाएर चियाको गाछहरू उखेल्न लगाएका थिए तर श्रमिकहरूले मालिकको कुरालाई स्वीकार गर्दै आन्दोलनमा ओर्लिएका थिए अनि त्यो आन्दोलनमा पुलिसको गोलीले कतिपय श्रमिकहरूको मृत्यु पनि भएको थियो। आज त्यहाँ चिया बगान छैन, ठूलो सिटी सेन्ट्ररको निर्माण भएको छ, रम्बुक सिर्डस चिया बगानको श्रमिकहरू एकबद्व नभए यहाँ पनि त्यस्तो स्थिति सृजना हुन बेर लाग्ने छैन भन्दै अध्यक्ष एडवाडर्सले श्रमिकहरूलाई सचेत गराए। तिनले अधि भने बन्द रम्बुक सिर्डस चिया बगानमाथि सरकारी रूपमा कुनै ठोस निर्णय आएको छैन, हाम्रो कतिपय दाजु भाइ हरूले २ सय रूपियाँमा बगान साफ सफाई गराउँने काम गर्दैछ, बगान बन्द भएकोले हाम्रो दिदी,वहिनीहरू बगानमा काम गर्न जान्दैछ, बगानमा काम लगाउँनेहरूले भोलीको दिन चियाको गाछमा हरियो पत्ती पलाएपछि २० रूपियाँ किलो गरेर लिने कुराहरू पनि चल्दैछ। रम्बुक सिडर्स चिया बगानको श्रमिकहरूलाई परेको छ। त्यसै पनि बगानको रोजीले धर परिवारको पालन पोषण गर्न धेरै गाह्रो पर्छ,एउटै रोजीले नानीको स्कूल खर्चदेखि लिएर धरको राशन, समाजिक कार्यहरू सवै पूराउनु पर्ने हुन्छ।यो रम्बुक सिर्डस चिया बगानमा हाम्रो पिता पूर्खाहरूले समाल्दै आएको हो,अब हामी श्रमिक होइन बगानलाई हाम्रो बनाउँने दिशामा काम गर्न पर्छ अध्यक्ष एडवाडर्सले उपस्थित भीडलाई आहवान गरयो।मालिकहरूले श्रमिकहरूलाई सुखमा मात्र साथ दिने गर्छन तर दुखमा उनीहरूले अतो पतो दिन्दैन। कतिपय चिया बगानको मालिक बगानमा नोक्सान रहेको बताउँदै भागेर जान्छ। हाम्रो आमा बाबाहरूले धर कसरी चलाउँदैछ? हाम्रो दिदी, बहिनीहरूले धर कसरी चलाउँदैछ भन्दै अध्यक्ष एडवाडर्स मालिकहरूको यस्तो कार्यहरूप्रति आक्रोशित भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement