अलिपुरद्वार: ‘अन्य राज्यमा काम गर्न गएका यस राज्यका धेरै मानिसहरू यसो रेल दुर्घटनामा घाइते भए वा मरे। मानिसहरू किन अन्य राज्यमा जानु परेको छ। यो प्रदेशमा उद्योग भएको भए यहाँका जनताले अन्य राज्यमा काम गर्न जानु पर्दैनथ्यो’। आज अलिपुरद्वारमा भाजपा ओबीसी मोर्चाको बैठकमा भाग लिँदै केन्द्रीय राज्यमन्त्री जोन बारलाले यस्तो भने। जोन बारलाले यो पनि भने कि राज्य सरकार केन्द्रसँग मात्र लडिरहेको छ र मिलेर काम गरिरहेको छैन। यस प्रदेशका जनताले केन्द्र सरकारका धेरै योजनाको फाइदा पाइरहेका छैनन्। यस राज्यमा केन्द्रका धेरै योजनाहरू कार्यान्वयन हुन सकेको छैन। भविष्यमा रेलवेको सहयोगमा अलिपुरद्वारमा २०० बेडको अस्पताल बनाइने पनि उनले जनाए। प्रदेश सरकारले सहयोग गरेमा धेरै गर्न सकिन्छ भनि उनले जोर दिए।