जीर्ण अवस्थामा जोरपोखरी जाने मुख्य सडक

00-1-IMG-20230604-WA0182

सुकेपोखरी: सुकेपोखरी क्षेत्रको प्रसिद्ध पर्यटन स्थल जोरपोखरी जाने मुख्य सडकको अवस्था जीर्ण भएको छ। माता भगवती सिंह देवीको मन्दिर, पर्यटन केन्द सगै दुर्लभ प्रजाति पाइने स्थानको रूपमा परिचित सुकेपोखरी देखि जोरपोखरी पस्ने मुल सडकमा ठाउँ ठाउँमा ठूलो खाल्डा परेको हुनाले पानी परेको समय सडक पानी बग्ने नाला जस्तै देखिन्छ। सन् २०१८-१९  सालमा एक पटक मरम्मति कार्य सम्पन्न भएको थियो। मरम्मति कार्य गरिने समयममा पनि सडक निर्माण कार्य लिएर धेरै जनगुनासो अधि आएको थियो। क्षेत्रसँगै पहाडको प्रचलित पर्यटन स्थल मध्ये एक जोरपोखरी पस्ने शुरुदेखि माथिसम्म धेरै स्थानमा बाटो बिग्रिएको कारण आवतजावत गर्ने स्थानीय सगै पर्यटकहरूलाई लिएर आउने गाडीलाई धेरै समस्या भइरहेको स्थानीय नागरिकहरूले संचारकर्मीहरुलाई बताएका छन्। हाल सामाजिक संचारमा बाटो बिग्रिएको अवस्थाको फोटो सगै जनसाधारणको गुनासो भाइरल बनिरहेको छ। यसै विषयलाई लिएर स्थानीय नागरीक, पर्यटक व्यवसाय, गाडी  अनि सिन्डिकेटसँग सम्बन्धित व्यक्तिले जोरपोखरीको आधारभुत आवश्यकतालाई मध्यनजर राखेर, सडक जिर्णोदार अनि बिकास कार्य सम्पन्न गरिदिए क्षेत्रको जनसाधारणलाई लाभ हुने बताएका छन्। सुकेपोखरी सचेत मन्चले पनि क्षेत्रलाई पर्यटन क्षेत्रमा विकसित गराउन जोरपोखरीसँगै सुकेपोखरीको आधारभुत आवश्यकतालाई मध्यनजर राखेर जीटीए प्रशासन अनि स्थानीय प्रशासनले कार्य गरिदिने माग गरेका छन्। सचेत मन्चले जोरपोखरीको मुख्य सडकको जीर्णोद्धार कार्य चाडै सम्पन्न गरिदिने अनुरोधसँगै समयमा सडकको अवस्थालाई ध्यान राखेर उचित कदम उठाई दिने अनुरोध गरेका छन्। यसै विषय लिएर मन्चले पनि आवश्यक पहल गरिरहेको मन्च संयोजकले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement