हामीलाई डुप्लीकेट होइन अर्जिनल पर्चा पटटा देउ: अमृत प्रधान
दार्जीलिङ: सोनादा पचेङ समष्टि अन्तर्गत स्कट मिशन हलमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्स उपस्थित रहेका थिए।त्यसरी नै समष्टि अध्यक्ष प्रेम दावा तामाङ, सचिव महेन्द्र राई, रिमेश तामाङ, खरसाङ महकुमा कमिटि प्रवक्ता अमृत प्रधान, विवेक तामाङ, सुमन बम्जन आदि उपस्थित थिए। सभामा सोनादा पचेङ समष्टि अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूबाट ७० परिवार भन्दा धेर समर्थकहरूले हाम्रो पार्टीमाथि आस्था र भरोसा गर्दै पार्टीको झण्डा समाएको जानकारी प्राप्त भएको छ। पार्टी अध्यक्ष अजय एडवाडर्सले सबै समर्थकहरूलाई पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिएका थिए। यसै क्रममा हाम्रो पार्टीको खरसाङ महकुमा समिति प्रवक्ता अमृत प्रधानले पहाडको कतिपय राजनैतिक दलको नेतृत्वहरूले गोर्खा जातिको भविष्यमाथि खेलवाड गर्ने कामहरू गर्दैछ जो ठीक होइन भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘हामी गोर्खा जातिको भविष्यसंग खेलवाड गर्नेहरूको चरित्रहरू हामीले जनता समक्ष राख्दै आएकोले जनताले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्न थालेको छ।’ उनले अघि भने, ‘अन्य पार्टीको सबै नेतृत्वहरू त्यस्तो छैन तर कतिपय नेतृत्वहरूले गोर्खा जातिको भविष्यसंग खेलवाड गर्ने कामहरू गर्दैछ। उनीहरूले हाम्रो सीधा सोझो मानिसहरूलाई भ्रममा पार्ने कामहरू गर्दैछ। हिज अस्ती मात्र हाम्रो चिया श्रमिकहरूलाई डुप्लीकेट पर्चा पट्टा दिएर सुकुम्मवासी बनाउने प्रयास गरे।हामीले पाँच डेसिमल डुप्लीकेट पर्चा पट्टा होइन,अर्जिनल पर्चा पट्टा चाहिन्छ।’
उनले अझ भने, ‘हाम्रो पार्टी भनेको जनताको पार्टी हो। त्यसकारण जनताको हितमा हाम्रो पार्टीले आफ्नो काम गरी नै बस्नेछ।’