कोलकाता: तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले रेलमन्त्री अश्विनी वैष्णवको राजीनामा मागेपछि ओडिशा रेल दुर्घटनालाई लिएर पश्चिम बङ्गालमा राजनीतिक बयानबाजी शुरु भएको छ। अभिषेक ब्यानर्जीको मागको जवाफ दिँदै पश्चिम बङ्गाल विधानसभामा विपक्षी दलका नेता भाजपाका विधायक शुभेन्दु अधिकारीले प्रश्न गरे, ‘रेलमन्त्रीको हैसियतमा ममता ब्यानर्जीले मई २०१० मा पश्चिम बङ्गालको झारग्राममा ज्ञानेश्वरी एक्सप्रेसको लिकबाट खसेको घटनाको नैतिक जिम्मेवारी लिएर किन राजीनामा दिएको थिएन? जसमा १५० जनाको मृत्यु भएको थियोl’ अधिकारीलाई अर्को जवाफ दिँदै, राज्य तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले भने, ‘ज्ञानेश्वरी एक्सप्रेस लिकबाट खसेको समयमा शुभेन्दु अधिकारी तृणमूल कांग्रेससँग थिए। उनको टिप्पणी सामान्यतया अर्थहीन हुन्छl’