तीनधारेको राजबारीमा तीन दिवसीय साक्या दावा पूजा सम्पन्न

IMG-20230604-WA0251.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको राजबारीस्थित सामतेन छ्योलिङ म्हाणिपा लाखाङ गुम्बामा म्हाणिपा संघ तीनधारेको आयोजनामा तीन दिवसीय साक्या दावा पूजा सम्पन्न भएको छ। गत २ जूनदेखि शुरु भएको उक्त साक्या दावा पूजा आज समापन भएको छ। यस पूजा अन्तर्गत पहिलो र दोस्रो दिन २ र ३ जूनको दिन पूजामा तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको लामा म्हेम्हे बुम्बा डुम्जनको अगुवाईमा पूजा सम्पन्न गरिएको थियो। त्यसरी नै तेस्रो तथा अन्तिम दिन आजको पूजामा मुख्य अतिथिको रूपमा खेन्बो छ्योलिङ राङडोल उपस्थित रहेका थिए। यसै अवसरमा खेन्बो छ्योलिङ राङडोलले बौध्द धर्म विषयमा दिव्य प्रवचन दिएका थिए। उनकै बाहुलीबाट अभिषेक पनि वितरण गरिएको थियो। यसै अवसरमा तीन दिवसीय साक्या दावा पूजा आयोजना गर्न सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरिएको थियो। यस अवसरमा म्हाणिपा संघ तीनधारेद्वारा लाखाङ निर्माणको लागि जमीन दिएर सहयोग गर्ने राजबारी निवासी दया तामाङ र थेबा तामाङलाई कृतज्ञता पत्र प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै म्हाणिपा संघको स्थापनाकाको लागि घर घर गएर सहयोग गरेकोमा राजबारी निवासी लामा पेमा डुम्जन, पञ्चनदी निवासी इन्द्रकुमारी तामाङले आफ्नो दिवंगत पतिको नाममा दुईवटा स्यालिङ प्रदान गरेकोमा, राजबारी निवासी धर्म गुरु दावा घिसिङलाई म्हाणिपा संघको हरेक कार्यहरूमा सहयोग गरेकोमा साथै अन्तिम दिनको पूजामा आफ्नो गरिमामय उपस्थिति दिएर दिव्य प्रवचन दिएकोमा खेन्बो छ्योयिङ राङडोलप्रति आभार प्रकट गर्दै कृतज्ञता पत्र प्रदान गरेर सम्मान जनाइएको छ।

यस अवसरमा म्हाणिपा संघ तीनधारेकी सभापति ललिता बम्जनद्वारा तीनधारेको राजबारीस्थित सामतेन छ्योलिङ म्हाणिपा लाखाङ गुम्बामा तीन दिवसीय साक्या दावा पूजा सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। यस तीन दिवसीय पूजा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै म्हाणिपा संघ तीनधारेकी कोषाध्यक्षा शान्ति तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement