भागोप्रमोको भविष्य निर्माण यात्रा

दार्जीलिङ पहाडले अनित थापालाई एकपल्ट मौका देओस् म पहाडको भविष्य निर्माण गरेर देखाउनेछु – अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले तीनधारेमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै घोषणा गरेको कार्यक्रम अनुसार आज उनले पैदल यात्रा गरेका छन्। आजको पानी झरीमा पनि अनित थापा अनि उनको समर्थकहरुले गीत गाउँदै र नाँच्दै ८ किलो मिटरसम्मको पहाड तराईको भविष्य निर्माण यात्रा भन्दै करीब दुई घण्टासम्म पैदल हिडेर पूरा गरेका छन्। घूम रेलवे स्टेशनदेखि बिहान १०,३० बजेदेखि शुरु गरिएको भविष्य निर्माण यात्रा करिब १२,३० बजेतिर दार्जिलिङमा आएर चुनावी सभामा परिणत भएको थियो। दार्जिलिङमा सम्पन्न जुनावी जनसभालाई सम्बोधन गर्दै अनित थापाले हामी पानीमा पनि हिँड्नु सक्छौं, घाममा पनि पोलिनु सक्छौं, हिलोमा पनि उँभिनु सक्छौं भन्दै हामीलाई अब न त पानीले रोक्नु सक्छ, न त आँधीले छेक्न सक्छ। हाम्रो भविष्य निर्माणको यात्रा गन्तव्यमा पुगेर मात्र टुंगिने छ भनी बताएका छन्।

उनले फेरि भने -जनताले मलाई नै गाली गर्छन, भोट अरूलाई दिन्छन्। हारेको केही समयपछि मेरैमा आउँछन्। सोच्दै जाँदा मलाई लाग्यो, अनित थापालाई मान्छेले माया गर्दो रहेछ, माया गर्ने मान्छेलाई नै गाली पनि गरिन्छ। हारे पनि अनित थापालाई मान्छेले दुःख पर्दा सम्झिन्दो रहेछ, बाटो भत्किँदा अनित थापालाई सम्झन्छ, पानी पर्दा अनित थापा याद आउँछ। त्यसैले म नकरात्मक सोच लिएर काम गर्दिन भनी बताएका छन्।
उनले तर यसपाली जनताले मलाई नै गाली गर्छन् भने गाली गर्ने ठाउँ पनि राख्नुपर्छ, अरूलाई भोट दिएर मलाई गाली गर्नु सुहाउँदैन, मलाई गाली नै गर्ने हो भने भोट दिएर हेर्नुहोस, मैले काम गरिन भने गाली गर्नुहोस भनी बताए। विमल गुरुङको नाम नलिई उनले भने – हिजो जसले जीटीए चुनावको विरोध गर्यो आज त्यही व्यक्तिले तकभर भ्यालीमा भोट माग्दै हिँड्दैछ। तर तकभरमा कुशासन होइन सुशासनको निम्ति आलोक कान्त मणिथुलुङलाई जनताले भोट दिनेछन् भनी विस्वास व्यक्त गरेका छन्। अजय एडवर्ड्सप्रति आक्रामक बन्दै उनले भने -“हामी गाडीको हुडमा उभिएर जनता समक्ष जाने नेता होइन, दार्जीलिङ पहाडले अजय एडवर्ड्सलाई चारपल्ट मौका दियो तर दार्जीलिङलाई उसले के दियो? दार्जीलिङ पहाडले अनित थापालाई एकपल्ट मौका देओस् म पहाडको भविष्य निर्माण गरेर देखाउनेछु।” पैदल यात्रामा अनित थापाको सह यात्री बन्दै दार्जीलिङ वरिपरिका समष्टिहरू, खरसाङका समर्थकहरुको भीड देखियो। युवा सहयात्री देविका भन्छिन्, “हाम्रो घर घूमदेखि २५ किलो मिटर टाढा छ। अनित थापाको भिजन अनि उद्देश्य युवाको हितमा देखेका छौं र त्यसैले पनि हामी उनको साथ दिनु यसरी पानी झरीमा पनि हिँडिरहेका छौं।” रमेश भन्छन, “यसपाली अनित थापा हार्नु भनेको पहाडमा निरंकुश नेता जन्माउनु हो। निरंकुश नेतालाई हराउनु पनि म अनित थापालाई भोट दिनेछु।” आजको चुनावी सभामा पार्टीका महासचिव अमर लामा, केन्द्रीय समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement