एसडीएफ अध्यक्ष चामलिङले दिए सागा दावाको शुभकामना

pawan-chamling_14

गान्तोकः पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले बौद्ध धर्मको पवित्र एवम् महान पर्व सागा दावाको पावन अवसरमा सिक्किमेली जनतामा हार्दिक मङ्गलमय शुभकामना अर्पण गरेका छन्। उनले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘भगवान् बुद्धप्रति समर्पित सागा दावा पर्व उहाँको जन्म, ज्ञानोदय अनि निर्वाणको प्रतीक हो। शान्तिका दूत भगवान् बुद्धले सम्पूर्ण विश्व विशेष गरी सार्थक एवम् अर्थपूर्ण मानव जीवनका लागि दिनुभएको सन्देश आज अझ बढी महत्वपूर्ण बन्न पुगेको छ।’

उनले सम्पूर्ण जनगणमा भगवान बुद्धका सन्देशहरूलाई मनन र चिन्तन गरी आफ्नो जीवनमा अभ्यास गर्न आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement