रेलवेको प्रारम्भिक अनुमानमा सिग्नलको समस्याले भएको हो भीषण रेल दुर्घटना

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः रेलवेले ओडिशाको बालेश्वर नजिक भएको रेल दुर्घटनाको उच्चस्तरीय जाँच शुरू गरेको छ। दक्षिण पूर्व रेलवेका सुरक्षा आयुक्तको निगरानीमा यो जाँच भइरहेको छ। प्रारम्भमा सिग्नलको समस्याले यो दुर्घटना भएको दाबी गरिँदैछ। रेलवेका एक वरिष्ठ अधिकारीले बताए, अप मेन लाइनमा ग्रीन सिग्नल दिइएको थियो तर ट्रेन त्यो पटरमी नगएर छेवैको लूप लाइनमा मालगाड़ी भएको पटरीमा गएर मालगाढ़ीसित ठोक्कियो जसकारण कोरोमण्डल एक्सप्रेस पटरीबिहीन भएर दुर्घटनाग्रस्त भयो। यो पनि थाहा लागेको छ कि डाउन लाइनदेखि सर एम विश्वेश्वरैया हावड़ा सुपरफास्ट एक्सप्रेस बालेश्वर तर्फ गइरहेको थियो। त्यो टेर्नको दुईबटा डब्बा पनि पटरीदेखि तल झरेको थियो। यस्तो स्थितिमा यो प्रश्न उठ्नु स्वभाविक हो कि मेन लाइनमा ग्रीन सिग्नल हुँदाहुँदै ट्रेन लूप लाइनमा कसरी गयो। सिग्नल दिनमा समस्या भएको कारणले यो दुर्घटना भएको दाबी पनि गरिँदैछ। तथापि रेलवेको पक्षबाट अन्तरिम रिपोर्ट जारी हुने आशा गरिँदैछ।

यसबीच दुर्घटनालाई केन्द्र गरेर गए शुक्रवार साँझ ७:०० बजेदेखि नै दक्षिण भारत तर्फ जाने ट्रेनहरूलाई रद्द गरिएको छ। यहाँसम्म कि दिल्ली, मुम्बई सहित अन्य क्षेत्रहरूबाट पुरी आउने ट्रेनहरूलाई समेत रद्द गर्न परेको छ। यस्तो स्थितिमा रेल सेवा कहिलेसम्म सामान्य हुने हो यस सम्बन्धमा लगातार प्रश्नहरू उठिरहेका छन्। रेलवेका एक अधिकारीले आइतवार बिहान बताए, मंगलवारभन्दा पहिला ट्रेन सेवाहरू सामान्य हुने सम्भावना छैन। दक्षिण पूर्व रेलवेका मुख्य जनसम्पर्क अधिकारी आदित्य कुमारले बताए, दुर्घटनापछि रेल सेवाहरूलाई सामान्य बनाउनको लागि एक हजार श्रमिकहरूलाई काममा खटाइएको छ। सातवटा लोकेशन मसिनले पनि काम गरिरहेको छ। दुई एआरटी दुर्घटनास्थलमा उपस्थित छ। १४०० टनको रेलवे क्रेनले पनि लगातार काम गरिरहेको छ। तीन रोड क्रेनले काम गरिरहेको थियो हिजो राती फेरि एउटा रोड क्रेन थपिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement