रायगञ्ज रेलवे स्टेशनबाट विद्युतीय रेल सेवा शुरु

Screenshot_20230604_163101_WhatsApp.jpg

उत्तर दिनाजपुर: ४ जुन उत्तर दिनाजपुरका लागि ऐतिहासिक दिन बनेकाे छ। आजदेखि रायगञ्ज रेलवे स्टेशनबाट विद्युतीय रेल चल्न थालेको छ। लामो समयदेखि स्टेशन भित्र र वरपर विद्युतीय रेलको काम चलिरहेको थियो। राधिकापुर–बरसोई लाइनको काम अन्तिम चरणमा पुगेको छ। यस अवसरमा आयोजित कार्यक्रममा रायगञ्ज विधायक देवश्री चौधरी सहित भाजपा नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। राधिकापुर-कटिहार प्यासेन्जर इलेक्ट्रिक ट्रेनको कटिहार डिभिजनल डीआरएम शुभेन्दु कुमार चौधरी र रायगञ्ज सांसद देवश्री चौधरी र अन्यले उद्घाटन गरे। जसका कारण उत्तर दिनाजपुरमा खुसीको माहोल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement