सिलगढी: एसओजी र भक्तिनगर पुलिस थानाको संयुक्त अभियानमा सिलगढीको अमतला छयनपाडा क्षेत्रबाट २ महिलासहित ५ जनालाई १ किलो ब्राउन सुगर र ७ लाख ९ हजार ९ सय रुपियाँकाे साथ पक्राउ परेका छ। पक्राउ पर्नेमा मुर्शिदाबाद निवासी शेख अस्मत अली, नादिया निवासी तृप्तमय वैद्य, सिलगढी ज्योति नगर निवासी रुबी विश्वकर्मा, गदई विश्वास र सरस्वती विश्वास रहेका छन्। गदाई र सरस्वती श्रीमान्–श्रीमती भएको बुझिन्छ। आइतबार पुलिसले गदै विश्वासको घरमा छापा मारेको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।