नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २०२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९१,५८२ पुगेकाे छ। विगत २४ घण्टामा कुल २ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८८० पुगेको छ। यसरी नै यस अवधिमा ३५९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५६,३५९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ३,३४३ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८४,६२९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,०७,९७,९७५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ६०२ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,१३,१४० जनाले यो खोप लगाइसकेको छन्।









