४ जूनः पेरिस सेण्ट जर्मेन (पीएसजी)-बाट आफ्नो अन्तिम म्याचमा लियोनल मेस्सीले हारको सामना गर्नु पऱ्यो। फ्रान्सको घरेलु फूटबल लीग (लीग१)-मा मेस्सीको टीम पेरिस सेण्ट जर्मेनले क्लेरमोण्ट विरुद्ध २-३-ले हारको सामना गर्नु पऱ्यो। दुई साल अघि बार्सिलोना छोड़ेर फ्रान्सको राजधानीमा आउने अर्जेण्टिनाई दिग्गजलाई आउँदो सीजनमा नयाँ क्लबको जर्सीमा देखिनेछ। पीएसजी-ले अगावै लीग खिताब जितिसकेको हुनाले यस हारले टीमलाई अधिक नोक्सान चाहिँ भएन। क्लेरमोण्ट विरुद्ध म्याचमा पीएसजी-बाट सर्जियो रामोसले १६औं र कीलियन एम्बाप्पेले २१औं मिनटमा पेनल्टीबाट गोल गरे।

म्याचमा दुई गोल खाएपछि क्लेरमोण्टले पनि असाधारण पुनरागमन गर्दै तीन गोल गरी म्याच जित्यो। यसबीच पीएसजी-का स्टार स्ट्राईकर एम्बाप्पेले लीगमा आफ्नो एकाधिपत्य कायम राख्दै रेकर्ड पाँचौंपल्ट गोल्ड बूट (लीगमा सर्वाधिक गोल गर्ने खेलाड़ीलाई प्रदान गरिने पुरस्कार) जिते। फ्रान्सीसी स्ट्राईकरले लीग1-को यस सीजनमा जम्मा २९ गोल गरे।