ओडिशाको भीषण रेल दुर्घटनामा पश्चिम बङ्गालका ३१ जनाको मृत्यु

00-1-Coromandale-Express-2

कोलकाता: ओडिशाको बालासोरमा भएको भीषण रेल दुर्घटनामा पश्चिम बङ्गालका ३१ जनाले ज्यान गुमाएका छन् छl संचारमध्यमहरूको समाचारअनुसार २५ जना घाइतेलाई ओडिशाको अस्पतालमा भर्ना गरिएको छ भने ११ जना पश्चिम बङ्गालको अस्पतालमा भर्ना छन्। कोलकाताबाट दुईजना वरिष्ठ आईएएस अधिकारीहरू मिदनापुरमा र चारजना वरिष्ठ आईएएस अधिकारीहरूलाई बालासोरमा राहत कार्यको समन्वय गर्न तैनाथ गरिएको बताइएको छ। यस दिन साँझ सात सय यात्रु बोकेको रेल बालासोरबाट हावडा स्टेशन पुग्यो। रेल यात्राको क्रममा चिकित्सा सुविधासहित सबै प्रकारको व्यवस्था गरिएको छ। पश्चिम मिदनापुरका जिल्लापाल र एसपी खड़गपुर स्टेशनमा थिए। १७ वटा कोचको ट्रेन दिउँसो १.३० बजे बैंगलोर-हावडा स्टेशन पुग्यो। कुल ६३५ यात्रुहरू मध्ये, ३३ यात्रुहरूलाई चिकित्सा सहायता दिइएको थियो र हावडा स्टेशनमा नै प्राथमिक उपचार गरियो। यात्रुलाई बीआर सिंह अस्पताल लगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement