४ जूनः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा बिजनबारी यंगस्टर्स सजिलै विजयी भयो। शनिवार खेलिएको म्याचमा बिजनबारी यंगस्टर्सले डायमण्ड स्टार (मुण्डा बाँसघारी, वार्ड नं. २)-लाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट श्रीजल राईले ह्याट्रिक गरे। यसबाहेक अदित्य प्रधानले २ र प्रतीक राईले १ गोल गरे।

यसरी डायमण्ड स्टारबाट दुवै गोल अयुष राईले गरे। यसरी अन्य एउटा म्याचमा एसबीएफसी सोनादाको टीम नआउँदा सेब्जे युनाइटेड मंगपूले वक्ओभर पाएर अघिल्लो राउण्डमा स्थान बनायो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।