सेन्ट जेभियर स्कूलमा जिल्लास्तरीय विशेष ओलम्पिक खेल आयोजित

IMG-20230603-WA0227.jpg

पाकिम: विशेष ओलम्पिक भारत, सिक्किम च्याप्टरद्वारा आज पाकिमस्थित सेण्ट जेभियर स्कूल मैदानमा जिल्ला स्तरीय विशेष ओलम्पिक खेलको आयोजन गरियो।

प्रतियोगिता आयोजन गर्नुको उद्देश्य विशेष आवश्यकता र दिव्याङ्ग भएका विद्यार्थीहरूलाई मैत्रीपूर्ण वातावरणमा खेलकुदमा प्रतिस्पर्धा गर्न प्रेरित गर्नु रहेको थियो।

जिला अध्यक्ष लाडेनला भोटियाले आफ्नो सम्बोधनमा सहभागीहरूको प्रतिस्पर्धात्मक भावनाको प्रशंसा गर्दै बालक-बालिकालाई उचित मार्गदर्शन र प्रोत्साहन प्रदान गरेकोमा शिक्षकहरूलाई धन्यवाद दिइन्।

यसैगरी, आफ्नो सम्बोधनमा जिल्लापाल टाशी छोपेल लेप्चाले जिल्लामा यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजन गरिएकोमा खुशी व्यक्त गरे। उनले विशेष खेलकुद मञ्चको महत्वलाई अनौठो क्षमताहरू प्रदर्शन गर्न र पहिचान प्राप्त गर्ने ठूलो अवसर रहेको कुरामाथि जोर दिए।

कार्यक्रममा विद्यार्थी प्रतियोगीहरूले ५० मीटर दौड़, १० मीटर दौड़, शट पुट अनि सफ्टबल प्रतियोगितामा सहभागिता जनाए। मुख्य अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट विजेता प्रतियोगीहरूलाई पुरस्कार वितरण गरियो।

कार्यक्रममा पाकिमका अतिरिक्त जिल्लापाल सुश्री अनुपा तामलिङ, मुख्यालयका महकुमा अधिकारी थेण्डुप लेप्चा लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement