नयाँ दिल्ली: सत्ताबाट हटेपछि तमाम मामिलाहरू र अदालती कारबाहीको सामना गरिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतबाट ठूलो राहत मिलेको छ। उनलाई १५ वटा मामलामा ६ जुलाईसम्म अन्तरिम जमानत प्राप्त भएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई सत्ताबाट हटाइएपछि उनका समर्थकहरूले देशभरिमा विरोध प्रदर्शन गरेका थिए। उनीमाथि आफ्ना समर्थकहरूलाई विरोध र हिंसक प्रदर्शनको निम्ति उकसाएको आरोपमा पाकिस्तानको छुट्टा-छुट्टा शहरहरूमा मामिला दर्ता गराइएको थियो। आजादी मार्चमा अवैध रूपमा एकत्र भएको, दंगा भड्काएको, प्राणघातक हतियारहरूको साथ प्रदर्शन गरेको, आगजनी गरेको जस्ता आरोपहरूमा इमरानविरूद्ध जिल्ला र सेशल अदालतका जज कामरान बशारत मुख्तीको अदालतमा सुनवाई भयो। सुनवाईमा इमरान आफ्ना उकील बाबर अवानको साथ पेश भए। न्यायाधीशले वकिलहरूको दलीलहरू सुनेपछि इमरान खानविरूद्ध कराची कम्पनीमा दर्ता १५ वटा अलगअलग मामलामा अन्तरिम जमानत दिएको छ। यसका साथै अदालतले स्थानीय पुलिसलाई उनलाई पक्राउ गर्नमा रोक लगाएको छ। अदालतले पुलिसबाट यी मामलाहरूको विवरण मागेको छ। अब यी मामलाहरूको सुनवाई ६ जुलाईमा हुनेछ।