सकारात्मक भावनाले मात्र व्यक्तिलाई कुनै पनि परिस्थितिमा सुदृढ बनाउँछः एमपी सुब्बा

IMG-20230603-WA0223.jpg

गान्तोक: गेजिङ जिल्लाको उच्च शिक्षा विभागको पहलमा सञ्चमान लिम्बू सरकारी महाविद्यालयको प्रेक्षागृहमा एक बैठक सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता शिक्षा विभागका सल्लाहकार मोहन प्रसाद सुब्बाले गरेका थिए भने बैठकमा सीईओ सुविबा जी. लगायत विभागका अधिकारीवर्ग र विद्यार्थीहरूले सहभागिता जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै शिक्षा विभागका सल्लाहकार सुब्बाले मजबुत समाज निर्माणको निम्ति गेजिङ सरकारी कलेजका महत्वपूर्ण भूमिका रहने जानकारी गराए। उनले विद्यार्थीलाई मूल्यवान, सिर्जनशील र असल विचार लिएर अघि आउनको निम्ति उत्प्रेरित गर्दै जति सक्दो सहयोग पुऱ्याउन प्रोत्साहित गरे। सकारात्मक भावनाले मात्र व्यक्तिलाई कुनै पनि परिस्थितिमा दृढ रहन प्रेरित गर्नसक्ने उनले बताए।

सल्लाहकार सुब्बाले राज्यमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षण संकायको समर्पण साँच्चै आवश्यक रहेको उल्लेख गरे। सबैको पहलले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्नमा सहयोग पुग्ने उनले मन्तव्य प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement