ओडिशा रेल दुर्घटनामाथि मोदी सरकारको सन्देश: ‘देश पीड़ितहरूको साथमा छ’

00-1-Balasore-Odisha-train-accident-1

भोपाल: ओडिशाको बालेश्वर जिल्लाको बाहानगा रेलवे स्टेशन नजिक गए शुक्रवार साँझ भएको रेल दुर्घटनाबाट देश शोकग्रस्त बनेको छ। यस भीषण दुर्घटनामा केन्द्रको मोदी सरकार र राज्यको पटनायक सरकारले आफ्नो तर्फबाट दिनुपर्ने सहयोगमा कुनै कमी आउन दिरहेका छैनन् भने अर्कोतिर राजनीतिक एवं शासनस्तरमा यस दुःखदायी स्थितिमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारको सफलतम नौ वर्ष पूरा भएको अवसरमा संचालन भइरहेको भाजपाको ३० मईदेखि ३० जूनसम्मको विशेष जनसम्पर्क अभियानअन्तर्गत शनिबार आयोजना हुने सम्पूर्ण कार्यक्रमहरूलाई मध्य प्रदेशसहित देशभरि नै स्थगित गरिएको छ।

मुख्यमन्त्री शिवराज सिंह चौहानको जिल्ला बालाघाटको दौड़ाह पनि स्थगित भएको छ। यस दुःखको घड़ीमा मुख्यमन्त्री शिवराज सिंहको भनाइ छ, ‘ओडिशाको बालासोरमा रेल दुर्घटना भएको समाचार अत्यन्त दुःखदायी र हृदय विदारक छ। शोकाकुल परिवारहरूलाई यो असीम दुःख सहन गर्ने क्षमता प्रदान गरून् तथा घाइतेहरूको कुशलता साथै शीघ्र स्वास्थ्य लाभको निम्ति ईश्वरसित प्रार्थना गर्दछुl’

भाजपाका राष्ट्रीय अध्यक्ष जे.पी. नड्डाले ट्वीट गरी भने, ‘ओडिशाको बालासोरमा हिजो शुक्रवार साँझ भएको भयानक रेल दुर्घटना अत्यन्तै पीड़ादायी र हृदयलाई शोकाकुल बनाउने किसिमको छ। म यस हृदय विदारक घटनाबाट मर्माहत भएको छु। यस भीषण रेल दुर्घटनालाई ध्यानमा राख्दै भारतीय जनता पार्टीले केन्द्र सरकारको नौ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएका कार्यक्रमहरू लगायत देशभरि नै आयोजन हुने आफ्ना सम्पूर्ण कार्यक्रमहरूलाई आजको लागि स्थगित गरेको छ। म परमपिता परमेश्वरसित शोक सन्तप्त परिवारहरूलाई यो असहनीय पीड़ा सहने शक्ति प्रदान गरून् भनी कामना गर्दछु। ईश्वरले मृत आत्माहरूलाई आफ्नो चरणमा स्थान देओस्। ॐ शान्तिl’

उल्लेखनीय छ, बालासोर दुर्घटनामा अहिलेसम्ममा २३८ मानिसहरूको मृत्यु भइसकेको छ भने ६५० मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्। एक हजार मानिसहरूलाई सर एम विश्वेश्वरैया हावड़ा सुपरफास्ट एक्सप्रेस मार्फत हावड़ा पठाइँदैछ। अर्को एउटा स्पेशल ट्रेन पनि संचालनमा ल्याइएक छ जसमा दुई सय यात्रीहरू सवार छन्। हावड़ा ल्याइएका यी यात्रीहरूलाई खड़गपुर स्टेशनमा भोजन, पानी औ चिया उपलब्ध गराइएको छ। ट्रेन हावड़ा स्टेशन पुगेपछि पनि यात्रीहरूको भोजनको व्यवस्था गरिनेछ। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *