गान्तोकः विद्या भारती सिक्किमले ओडिशामा भएको रेल दुर्घटनाप्रति गहिरो दुःख एवं शोक सन्तप्त परिवारहरूमा हार्दिक समवेदना व्यक्त गरेको छ। यस दुखद दुर्घटनामा लगभग ३०० यात्रीले आफ्नो ज्यान गुमाएका छन् भने ९०० भन्दा धेरै घाइते भएका छन्। उक्त रेल दुर्घटना ओडिशाको बालेश्वर जिल्लामा भएको थियो। दुर्घटना भएपछि विद्या भारती अधीनस्थ जिल्लामा सञ्चालित शिशु मन्दिरका आचार्य-आचार्या, समितिका सदस्यहरू, विद्यार्थी, अभिभावक र स्वयंसेवक कार्यकर्ताहरू घटना स्थल पुगेर राहत एवं बचाउ कार्यमा सहयोग पुऱ्याएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।
घटना स्थलमा हेल्प डेस्कको स्थापनाका साथै पेयजलको व्यवस्था, चिकित्सा सेवा उपलब्ध गराउने कार्यहरू गरिएका छन्। विद्या भारती पूर्व क्षेत्रका डा. लक्ष्मीकान्त महाराणाको अगुवाईमा सदस्य अनि कार्यकर्ताहरूले चिकित्सालयहरूमा आवश्यक सेवा पुऱ्याउने कार्य गरिरहेका छन्। यस भयावह दुर्घटनाका प्रभावित रेल यात्रीहरूलाई बालेश्वर जिल्लाको शिशु मन्दिर परिवारले आफ्नो स्तरमा सहयोग गरिरहेका छन्। ओडिशा प्रान्तका कार्यकर्ताहरू र प्रचार विभागका कार्यकर्ताहरू पनि घटना स्थलमा पुगेर व्यवस्थामा सहयोग गरिरहेका छन्। यात्रीहरूका परिवारहरूसॅंग सम्पर्क गर्न तथा अन्य विषयहरूमा पनि शिशु मन्दिरले सहयोग गरिरहेको संयोजक शर्माले जानकारी गराएका छन्।
-हिस