विश्व नेपाली साहित्य महासंघ-भारत शाखाको चौथो ‘सृजना वाचन’

00-1-IMG-20230603-WA0150

दार्जीलिङ: प्रत्येक  महिनाको दस्रो दिन विश्व नेपाली साहित्य महासंघ-भारत शाखाको तत्वधानमा आयोजन हुँदै आइरहेको ‘सृजना वाचन’ साथै ‘कृति समीक्षा’ को भर्चुअल कार्यक्रम हिजो शनिबार वरिष्ठ साहित्यकार शरद छेत्री अध्यक्षतामा, कवि सुमित्रा अविरलको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिखर कवि शैलेन्द्र साकार, विशिष्ट अतिथिको रुपमा ‘स्वतन्त्र सेनानी दलबीर सिंह लोहार’ कृतिका सर्जक प्रेम विश्वकर्मा, संस्थाका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी, समालोचकद्वय डा° सुकराज दियाली, ज्ञानबहादुर छेत्री (आसाम), कवि मञ्जुला तामाङ सुब्बा, केन्द्रीय महासचिव सुनिता राईको उपस्थिति रहेको थियो।  सृजना वाचनको निम्ति अतिथि कविको रुपमा कवि दिव्य गिरी, क्यानाडाबाट कवि कुसुम ज्ञवाली उपस्थित थिए भने अन्य अतिथिहरुमा कवि तथा गीतकार दीपक राई, कवि बिजय मुखिया, कवि प्रशान्ती राई उपस्थित रहेका थिए। 

क्रमैले आआफ्ना मौलिक रचनाहरु पेश गरे भने समालोचनात्मक वक्तव्य राख्ने क्रममा ज्ञानबहादुर छेत्री भने, ‘६०/७० को दशकमा पुर्वोत्तर भारतको असम राज्यका कुशल वक्ता, असमिया भाषामै विधानसभा थर्काउने बाघ जस्ता गोर्खे विधायक दलबीर सिंह लोहारको कृतित्वलाई सर्जक प्रेम विश्वकर्माले समेटेर तयार पारेको यो कृति ‘स्वतन्त्र सेनानी दलबीर सिंह लोहार’ एक ऐतिहासिक कृतिको रुपमा पनि मान्न सकिन्छ। असमको लखिमपुर जिल्लामा जन्मनु भएका एक कुशल लेखक, निबन्धकार प्रेम विश्वकर्माले विधायक दलबीर सिंह लोहार बारे स्पष्टका साथ यस कृतिमा समेटेका हुनाले कृति अती रोचक र ऐतिहासिक रहेको छl’

कृति जीवनपरक मात्रै नभएर विश्लेषणात्मक, तथ्यपरक हुनाले राष्ट्रप्रतिको अवदान, देशप्रेम, हामी हामी गोर्खामा पुर्खादेखि नै रहिआएको कुरो सर्जक प्रेम विश्वकर्माको कृति ‘स्वतन्त्र सेनानी दलबीर सिंह लोहार’ मार्फत उजागर भएको मान्न सकिने हुँदा सो कृति पढनै पर्ने देखिन्छ भनि समालोचनात्मक वक्तव्य राख्ने क्रममा डा° सुकराज दियालीले बताए। कार्यक्रम रोचक साथै ज्ञानवर्धक रहेको बताउँदै संचालक कवि सुमित्रा अविरलले कार्यक्रममा महत्त्वपूर्ण उपस्थिति दिएकोमा सबैलाई धन्यवाद ज्ञापन गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *