प्रिया छेत्री बनिन् सिल्कोको ब्राण्ड एम्बासेडर

00-1-IMG-20230603-WA0176

सिलगढी: खोला चन्द फाफ्री निवासी प्रकाश छेत्री र शिला छेत्रीका कान्छी छोरी प्रिया छेत्रीले चारैतिर म्याराथन कुदेर क्षेत्र र समाजको नाम उज्ज्वल गरि रहेकी छिन्l आज उनलाई सिल्को कम्पनीका डाइरेक्टर खोकन भट्टचार्यले सम्बर्धना जनाउँदै सिल्को कम्पनीको ब्राण्ड एम्बासेडर नियुक्त गरेका छन्। प्रिया छेत्रीलाई आज केएफसी सिलगढीले आयोजना गरेको कार्यक्रममा सम्बर्द्धना जनाइयोl केएफसी सिलगढीलाई यो कार्यक्रम आयोजना गर्न कम्पनीका डाइरेक्टर  भट्टचार्यले गरेका थिएl उक्त कार्यक्रम सुकुना गेम्स एण्ड स्पोर्टस एसोसिएसनको भवनमा सम्पन्न भएको थियोl कार्यक्रम संचालन केएफसीका कार्यकरी अध्यक्ष सुरेन प्रधानले गरेका थिए भने अतिथिको रूपमा सिलगढीका वरिष्ठ समाज सेवक बीबी विश्वकर्म, हिमालय दर्पणका सम्पादक शिबु छेत्री, गैरीबास हायर सेकेन्डरी स्कूलका प्रधान अध्यापक तथा केएफसीका सदस्य पदम सुवेदी, एनबी छेत्री, केएफसीका सह सचिव बिजय लिम्बु,  केएफसीका सह प्रशिक्षक रोल्याण्ड सुब्बा, टेक्निकल कमिटी मेम्बर मदन  राणा, आशिष  प्रधान उपस्थित थिए ।

खोकन भट्टचार्यले आफ्नो प्रियाको मेहनतको प्रशंसा गरेl अन्य खेलकुदको क्षेत्र वा शिक्षाको क्षेत्रमा पनि यस्ता अब्बल दर्जाका नानीहरूलाई सिल्कोले सक्दो सहयोग गर्ने उनले बताए ।

प्रिया छेत्रीले आज सिल्को जस्तो कम्पनीको ब्राण्ड एम्बासेडर बन्न पाएकोमा हर्ष प्रकट गर्दै यसले उर्जा प्राप्त भएको र भविष्यमा अझ राम्रो प्रयास प्रीयाले अठोट गरिन्। सुकुना नारी कल्याण समितिबाट अनुरा खवास प्रधान, सुकुना ग्राम वेल्फेयर समितिबाट कविता प्रधान, सुमित्रा प्रधान, सुजाता थापा, सबिना प्रधान, मानोता गुरुङ, रन्जु थापा, सरिता लामा र रहिना लामा, सुकुना ग्रामीण महिला समितिबाट बिन्दिया राई, अनिता लामा, रन्जु थापा, निरुता लामा उपस्थित थिइन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *