भर्नाबारी र लोथाबारी फाइनलमा

120c7b84-c554-454d-a518-eb9d689edf4c

कालचिनीः कालचिनी २२ धुरास्थित युरोपियन मैदानमा एनवाईसी २२ धुराको आयोजनामा सम्पन्न नकआउट फूटबल टुर्नामेन्टमा शनिबार सम्पन्न सेमिफाइनल खेलमा भर्नाबारी र लोथाबारी एफसी फाइनलमा पुगेको सो टुर्नामेन्ट आयोजक कमिटी एनवाईसीको पक्षबाट सचिव अमन कर्मकारले जनाएका छन्। सेमिफाइनल खेलमा प्रथम चरणको खेलमा भर्नाबारी बनाम राजाभातखावाबीच खेल भएको थियो भने भर्नाबारी एफसीले ४ गोल गरेर फाइनल पुग्न सफल भएको थियो।
यसरी नै दोस्रो चरणको खेलमा लोथाबारी बनाम हाँसीमाराबीच खेल भएको थियो भने लोथाबारीले हाँसीमारा विरुद्ध ३ गोल गरेर फाइनल पुग्न सफल भएको थियो। आगामी ११ जुनको दिन फाइनल खेल हुने आयोजक कमिटीले जनाएका छन्। शनिबार सम्पन्न सेमिफाइनलको अवसरमा समाजसेवी पवन योल्मो, जब्बार अन्सारी, सीमा लोहार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *