मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए सागा दावाको बधाई एवं शुभकामना

golay_830

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले सागा दावाको शुभ अवसरमा राज्यवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा सागा दावा शाक्यमुनि बुद्धको जन्म, उहॉंको बुद्धत्व प्राप्त र निर्वाणको सम्झनामा माइन्छ भनी बताएका छन्। उनले सागा दावा महायान बौद्ध धर्म अनुयायीहरूको निम्ति महत्वपूर्ण दिन रहेको र बौद्ध चाडहरू मध्ये सबैभन्दा पवित्र रहेको बताएका छन्।

मुख्यमन्त्रीले यस अवसरमा सिक्किमेहरूको शान्ति, खुशी, कल्याण र आध्यात्मिक उत्थानको निम्ति प्रार्थना गरेका छन्। भगवान बुद्धको शिक्षा र आर्दश हाम्रो जीवनमा मार्गदर्शक शक्ति बनोस् भन्दै सबैलाई सत्य, धर्म र अहिंसाको मार्गमा अग्रसर बन्न आह्वान पनि गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement