राज्यपालद्वारा सागा दावाको बधाई एवं शुभकामना

governor.._358

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सागा दावाको पुनीत अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘सागा दावाले हामीलाई भगवान बुद्धले देखाएका मूल्यहरू सत्य, अहिंसा, मैत्री र करुणालाई आत्मसात गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यस दिनलाई भगवान बुद्धको जन्म, ज्ञान आर्जन र निर्वाणप्राप्तिको रूपमा मनाइन्छ। सागा दावा महायान बौद्ध धर्म अनुयायीहरूका लागि ऐतिहासिक दिन हो र बौद्ध चाडहरू मध्ये सबैभन्दा पवित्र मानिन्छ।’

सिक्किमवासीहरूले भगवान बुद्धद्वारा प्रतिपादित महान पथमा विश्वको नेतृत्व गर्न आफ्नो भूमिका निर्वाह गर्नेछन् भनी राज्यपालले विश्वास व्यक्त गरेका छन्। यस अवसरमा उनले राज्यवासीहरूको सुख, शान्ति र समृद्धिको निम्ति पनि कामना गरेका छन्।

-हिस

About Author

Advertisement