के-लीगः शेयर एफसी विरुद्ध कालेबुङ पुलिसको एकतर्फी जीत

photocollage_2023632003331.jpg

३ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा कालेबुङ जिल्ला पुलिसले सजिलै जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा शनिवार खेलिएको एकतर्फी म्याचमा कालेबुङ पुलिसले शेयर फूटबल क्लबलाई ७-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट अजय तामाङले ह्याट्रिक गरे। यसबाहेक ल्हेण्डुप लेप्चा, देवेन लेप्चा, अनिेश गुरुङ र रोहन तामाङले १-१ गोल गरे। अजय तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। आइतवार खेलिने म्याचमा युनाइटेड ब्रदर्स र गोरुबथान एफसी-बीच भिड़न्त हुनेछ। म्याच २.३० बजीदेखि शुरु हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement