मेधावी विद्यार्थी मनिषा प्रधानलाई चमर्ची आउटपोस्ट पुलिसद्वारा सम्मान

6aa5a392-8c56-4a80-9b5b-c214522983b6-1

  चमर्चीः चमर्ची चियाबारीको चिया श्रमिकको छोरी छोरी मनिषा प्रधानले आर्थिक अभाव र प्रतिकूल परिस्थिति बीच पनि बङ्गाल बोर्डको उच्च माध्यमिक परीक्षामा ९० प्रतिशत अंक ल्याएर यस क्षेत्र र अभिभावकको नाम उच्च राखेकी छन्। मनिषा प्रधानको यो सफलता र परिश्रमको बारेमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि धेरैले तिनलाई बधाई पनि दिइरहेका छन्। यसै क्रममा मेधावी विद्यार्थी मनिषा प्रधानलाई चमर्ची आउटपोस्ट पुलिसले सफलताको शुभकामना व्यक्त गर्दै सम्मान जनाएको छ। चमर्ची आउटपोस्ट पुलिसको ओसी तेन्जिङ भुटियाले मनिषा प्रधानको सफलताको जानकारी पाएलगत्तै पुलिस प्रशासनको तर्फबाट मनिषा प्रधानलाई सम्मान गर्दै केही आर्थिक सहयोग गर्ने संकल्प गरेको बताए। यसै अन्तर्गत मनिषा प्रधानलाई जिल्ला पुलिस प्रशासन र चमर्ची आउटपोस्टको तर्फबाट शुभकामना व्यक्त गर्दै आर्थिक सहयोग प्रदान गरियो। तेन्जिङ भुटियाले आगामी दिनमा पनि आर्थिक रुपमा कमजोर मेधावी विद्यार्थीलाई सहयोग गर्न अघि आउने बताए । मनिषा प्रधानलाई तिनका बुवा र बहिनीको उपस्थितिमा सम्मान गरिएको थियो र केही आर्थिक सहयोग पनि प्रदान गरिएको थियो। यस कार्यक्रम अन्तर्गत ओसी तेन्जिङ भुटियाले मनिषा प्रधान र उनका अभिभावक समक्ष आफ्ना धेरै सुझाव र अनुभव राखेका। मनिषा प्रधानको भावी योजनाका बारेमा पनि जानकारी लिए । तिनले डुवर्सको चिया बगान क्षेत्रमा पनि मेधावी विद्यार्थीको कमी नरहेको बताए। उनीहरूलाई प्रोत्साहन मात्र गर्नुपर्छ। तिनले आफू चमर्चीमा रहेसम्म पढाइको क्षेत्रमा कुनै किसिमको समस्या आएमा सहयोग गर्न सदैव तत्पर रहने बताए। उल्लेखनीय छ कि मानिसलाई हरेक पाइलामा सहयोग चाहिन्छ, चाहे त्यो जीवनको कठिनाइको बारेमा होस वा कुनै परीक्षाको बारेमा। कसैले अघि बढ्ने साहस दियो भने कठिन यात्रा पनि सहज लाग्छ। मनिषा प्रधान चमर्ची भारतीय पाठशाला हाई स्कुल कक्षा १० मा ८२ प्रतिशत अंक ल्याएर प्रथम श्रेणीमा रहेकी कला विभागमा सोही विद्यालयबाट ९० प्रतिशत अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण भएकी छन्। मनिषाकी आमा चिया श्रमिक र बुबा राजमिस्त्रीको काम गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement