ट्रेन दुर्घटनामा घाइतेहरूका परिजनहरूका लागि विशेष ट्रेन चलाइने

IMG-20230410-WA0169-11-300x172-1

(अपडेट)…कोलकाताः ओडिशाको बालासोर छेउ बहानागा बजार स्टेशन नजिक दुर्घटनाग्रस्त भएको कोरोमण्डल एक्सप्रेसमा मारिएका र घाइते यात्रीहरूका परिजनहरूका निम्ति रेलवेले विशेष ट्रेनहरू चलाउन गइरहेछ। दक्षिण पूर्व रेलवेको तर्फबाट शनिवार अपराह्न यो जानकार दिइएको छ।

यस अनुसार, साझँ ४ बजी हावड़ा स्टेशनबाट बालेश्वर (बीलासोर) सम्म यो विशेष ट्रेन चलाइनेछ। यसमा केवल दुर्घटनामा घाइते भएका यात्रीहरू अथवा मारिएका यात्रीहरूका परिजनहरूलाई नै लगिनेछ। रेलवेको तर्फबाट जानकारी गराइएको छ, यस ट्रेनको स्टपेज हावड़ा स्टेशन बाहेक सन्तरागाछी, उलूबेरिया, बग्नान, मेचेदा, पासकुड़ा, बालीचक, खड़गपुर, हिजली, बेलदा र जलेश्वरमा पनि हुनेछ।

उल्लेख्य, शुक्रवार साझँ कोरोमण्डल एक्सप्रेस लीकदेखि बाहिर हुँदै पल्टेको थियो। यसको १२ बोगी वरिपरिका अन्य रेलवे ट्रेकमा उछिटिएका थिए, जसको चपेटमा यशवन्तपुर हावड़ा सुपरफास्ट एक्सप्रेस पनि परेको थियो। यस बाहेक कोरोमण्डल एक्सप्रेसको लीकदेखि बाहिर गएको बोगीहरू छेवैको लीकमा खड़ा मालगाड़ीसित ठोकियो, जसमा अहिलेसम्म २६१ जनाको मृत्यु भइसकेको छ। ६५० भन्दा धेरै घाइते भएका छन्। घटनालाई लिएर रेलवेले उच्चस्तरीय जाँचको आदेश दिएको छ। रेल मन्त्री अश्विनी वैष्णव अगावै घटनास्थलमा पुगिसकेका छन्। यस बाहेक ओडिशाका मुख्यमन्त्री नवीन पटनायक र पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी पनि घटनास्थलमा छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement