श्रमिकहरूमा असन्तोषको कारण नर्थब्रुक जूट मिलमा काम बन्द

IMG-20230410-WA0169-11-300x172-1

हुगलीः श्रमिकहरूमा असन्तोषको कारण हुगलीको नर्थब्रुक जूट मिलमा शनिवार काम रोकियो। श्रमिकहरूले आरोप लगाएका छन्, मिल प्रबन्धनले हालमा कर्मचारीहरूलाई छाटेको छ, जसबाट उनीहरूमाथि कामको बोझ ब़ढ़ाइएको छ। तीन जनाको काम दुई जनाबाट गराइँदैछ। यसैलाई लिएर शुक्रवार मेकेनिकल विभागका श्रमिकहरूले काम रोके। यो खबर फैलिनसाथ शनिवार बिहान मिलका अन्य विभागहरूका कर्मचारीहरूले पनि काम बन्द गरे।

मिलको तर्फबाट न त कुनै नोटिफिकेशन जारी गरिएको छ न त मजदूरहरूसित कुरा गरिएको आरोप छ। वर्तमानमा 2300 श्रमिकले काम गरिरहेका छन्। श्रमिकहरू अनुसार, मिल अधिकारीहरूले पछिल्ला वर्षहरूमा धेरै श्रमिकहरूलाई कामबाट निकालेका छन्। फेरि श्रमिकहरूलाई छाट्नु छ भने उनीहरूको निम्ति काम गर्नु सम्भव छैन। यसलाई लिएर श्रमिकहरूले विरोध गरे। यस मुद्दाको समाधानको निम्ति श्रमिक संघहरूको तर्फबाट राज्य श्रम विभाग र जूट मिल अधिकारीहरूसित चर्चा चलिरहेछ।

-हिस

About Author

Advertisement