कोलकाताः भारतीय वायुसेनाले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनालाई मध्यनजर गर्दै राहत औ बचाउ अभियानमा एमआई-१७ हेलिकप्टरलाई सामेल गरेको छ। सो जानकारी रक्षा मन्त्रालयको पूर्वी कमानका प्रवक्ता हिमांशु तिवारीले हिन्दुस्थान समाचारलाई दिएका हुन्।
उनले बताए, वायुसेनाले एमआई-१७ हेलिकप्टरलाई राहत औ बचाउको निम्ति उतारेको छ। साथै घटनास्थलमा उपस्थित वायुसेनाका अधिकारीहरूले स्थानीय नागरिक प्रशासन तथा भारतीय रेलवेसित समन्वय कायम गरी लगातार राहत अनि बचाउ कार्य गरिरहेका छन्। उल्लेखनीय छ कि भारतीय थल सेनाका चारै कम्पनी हाल दुर्घटनास्थलमा उपस्थित रहेर बचाउ एवं राहत कार्यमा जुटेका छन्। ओडिशा सरकारले रक्षा मन्त्रालयसित सेनालाई तैनाथ गरिदिने अनुरोध गरेका थिए।
-हिस










