सिङ्गताममा सार्वजनिक भवनको शिलान्यास कार्य सम्पन्न

IMG-20230603-WA0202.jpg

दार्जिलिङ: आज सदर-एक समष्टि अन्तर्गत सिङ्गताम धनवानधुरामा सदर-एक समष्टि संयोजक एंव युवा शक्ति केन्द्रीय अध्यक्ष अमृत योञ्जनको पहलमा साथै युथ अफेर्स एण्ड स्पोर्टस् डिपार्टमेन्टका एमओडी सभासद सन्दीप छेत्रीद्वारा शिलान्यास कार्य सम्पन्न गरिएको छ। धेरै समयको अन्तरालपछि यस ठाउँमा सार्वजनिक भवन भएकोमा ग्रामवासीहरूले हर्ष प्रकट गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापा, समष्टि संयोजक अमृत योञ्जनप्रति आभार व्यक्त गरेका छन्। पत्रकारहरूसित कुराकानीको क्रममा भागोप्रमो केन्द्रीय नेतृत्वमा अमृत योञ्जनले समष्टिवासीले अनित थापालाई साथ दिएर अनि संगठन मजबुत बनाए अझ धेरै विकास कार्यहरू हुने बताए।

यस क्रममा सभासद सन्दीप छेत्रीले ग्रामवासीलाई समाज घर शिलान्यासको निम्ति बधाई दिन्दै पर्जापट्टा विषय प्रकाश पारे भने समष्टि संयोजक अमृत योञ्जनले घरको निम्ति अब कसैसित डराउनु पर्दैन। कसैले विघ्न-वाधा दिन्छ भने म अघि हुनेछु भनी जनतालाई आश्वासन दिएका छन्। उनले जीटीएका मुख्य कार्यपाल अनित थापा जीटीएका मुख्य कार्यपाल बनेपछि पहाड़भरि नै विभिन्न परियोजनाहरू भइरहेका छन् भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement