ओडिशा ट्रेन दुर्घटनाः घाइतेहरूलाई भेट्न बालासोर पुगे प. बंगाल भाजपा अध्यक्ष

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः ओडिशाको बालासोर छेउ दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा घाइते भएका मानिसहरूलाई भेट्न प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदार पुगेका छन्। उनीसॅंग प्रदेश भाजपाका अन्य नेताहरू पनि छन्। बालासोरको फकीर मोहन मेडिकल कलेज अस्पतालमा अधिकांश घाइतेहरूलाई भर्ती गरिएको छ।

सुकान्त मजूमदारले घाइतेहरूसॅंग भेट गरेर कुराकानी गरे। मजूमदारले स्थानीय भाजपा नेताहरू र चिकित्सकहरूसॅंग पनि कुराकानी गरे र घाइतेहरूलाई राम्रो चिकित्सा सेवाको निम्ति अनुरोध गरे। यस बीच मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा राज्यका मन्त्री मानस भुइयां र सांसद डोला सेन पनि दुर्घटना स्थल पुगेका छन्। उनीहरूले पनि घाइतेहरूसॅंग भेट गरे तथा चिकित्सा व्यवस्थाको पनि जानकारी लिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement