सिलगढ़ी महकुमा परिषद: सिलगढ़ी मेट्रोपोलिटन पुलिसका अधिकारीहरूको रूट मार्च

सिलगढ़ी। दुईदिन पछि हुने जीटीए अनि सिलगढ़ी महकुमा परिषद चुनाउको निम्ति कड़ा सुरक्षा व्यवस्था गरिएको छ। यसबीच आज पुलिसका वरिष्ठ अधिकारीहरूले चुनाउ हुने क्षेत्रहरूमा रूट मार्च गरे। यस बाहेक सीमावर्ती क्षेत्रहरूमा नाका चेकिङ पनि शुरू गरिएको छ।

ज्ञात रहोस, सिलगढ़ी महकुमा परिषद क्षेत्रमा कूल ९ सीट, पञ्चायत समितिमा ६६ सीट र ग्राम पञ्चायतमा ४६२ वटा सीट रहेको छ भने २,६४,४६७ पुरुष, २,६३,४६८ महिला अनि ३ वटा तेस्रो जेन्डरलाई मिलाई मोठ ५,२७,९३८ मतदाता रहेका छन्। यसरी नै कुल मतदान केन्द्रको संख्या ६५७ रहेको छ।

डीसीपी कुंवर भूषण सिंह, एसीपी मनीष यादव, एसीपी (डीडी) राजेन छेत्री, एवं माटीगढ़ा थानाका आईसीको नेतृत्वमा भारी संख्यामा पुलिस कर्मीहरूले रूट मार्च गरे। यस अवधिमा वरिष्ठ अधिकारीहरूले आम जनसित कुरा गरदै, समस्या भएमा १०० नम्बरमा फोन गर्न सुझाऊ दिए।

यस बर्षा ४ वटा ब्लाक मा बिनाकुनै झमेला चुनाउ सम्पन्न गराउन कुल ५००० मतदान कर्मीहरु तैनात गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement