३ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा शुक्रवार पूल ए-बाट दुईवटा म्याच खेलियो। चानमारी मैदानमा आईटीआई एफसी र सेण्ट अल्फन्सस स्कूल (एसएएस)-बीच खेलिएको दिनको पहिलो म्याच १-१-ले ड्र रह्यो। यसरी दोस्रो म्याचमा चैतेपानी फूटबल क्लबले हिल्स फूटबल एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा अमित भुजेल र प्रतीक गुरुङ थिए। यसरी दोस्रो म्याचमा अमित भुजेल रेफरी रहेका थिए। सहायतको भूमिकामा नितेश देवान र प्रतीक गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी जयेस प्रधान र बिरेन लामाले निर्वाह गरेका थिए। लीगमा खरसाङ निर्वाचन छेत्रका जम्मा ११ वटा टीमले हिस्सा लिएको छ, जसमा सुकनाको कञ्चनजंघा फूटबल क्लब (केएफसी) पनि सामेल छ। दुईवटा सेमिफाइनल २२ जूनमा खेलिनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।









