माछा पालकहरूलाई माछाको टप र अन्य सर सामानहरू वितरण

IMG-20230603-WA0165.jpg

खरसाङ: जीटीएको पावर अनि हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाईलीद्वारा जीटीए क्षेत्रका माछा पालकहरूलाई माछाको टप साथै विभिन्न सर सामानहरू वितरण गरिएको छ। उक्त माछाको टपमा ४० वटा माछाहरू पनि वितरण गरिएको छ। उक्त माछाको टप र माछाहरू जीटीए क्षेत्रका लागि ४० वटा वितरण गरिएको छ जसमा मिरिकमा २० वटा, मिरिकको माथिल्लो भागमा १६ वटा, तकभरमा ४ वटा र खरसाङ क्षेत्रमा १० वटा वितरण गरिएको छ। खरसाङ क्षेत्रका लागि गिध्द पहाड़स्थित जीटीएको सचिवालयमा वितरण गरिएको छ। खरसाङमा उक्त माछाको टप क अन्य सर सामानहरू माछा पालकहरूलाई सभासद प्रणाम रसाइली, भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङ, अमृत छेत्री, उपेन्द्र प्रधान आदिको बाहुलीबाट प्रदान गरिएको छ।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद प्रणाम रसाइलीले जीटीए क्षेत्रका माछा पालकहरूलाई जम्मा ५० वटा माछाको टप र माछा पालनको लागि अन्य सर सामानहरू वितरण गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार जीटीए चिफ् अनित थापाको कुशल नेतृत्वमा यसरी जीटीए क्षेत्रका माछा पालकहरूलाई जम्मा ५० वटा टप र सर सामानहरू वितरण गरिएको छ जसमा मिरिकमा २० वटा, मिरिकको केही माथि १६ वटा तकभरमा ४ वटा र खरसाङको १० जना गरेर जम्मा ५० वटा माछाको टप र अन्य सर सामानहरू वितरण गरिएको जानकारी गराएका छन्। उनले जीटीए चिफ् अनित थापाको सहयोगमा जीटीए क्षेत्रका माछा पालकहरूलाई सहयोग होस् भनेर यसरी माछाको टप र अन्य सर सामानहरू वितरण गरिएको जानकारी गराएका छन्।

About Author

Advertisement