मोटरसाइकल दुर्घटनामा बाबाकाे मृत्यु, छोरीको अवस्था गम्भीर

IMG-20230603-WA0158.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको इटहार थाना क्षेत्रको राष्ट्रिय राजमार्ग नं. १२ को अम्पाडामा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक मोटरसाइकल चालक बाबाकाे मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएका छन्। जैहटको चक्ला क्षेत्रका अबु ताहेर आफ्नी छोरी नाजरा खातुनलाई इटहारको डा. मेघनाद साह कलेजबाट मोटरसाइकलमा लिएरे घर फर्किरहेका क्रममा मालदा जाँदै गरेको कारले उनको मोटरसाइकललाई पछाडिबाट धक्का दिँदा याे घटना घटेकाे हाे।

खबर पाएलगत्तै इटहार प्रहरी चौकी र चेकपोष्टको प्रहरीसहित राजमार्ग प्राधिकरणका स्वास्थ्यकर्मी घटनास्थलमा पुगे भनेे स्थानीय बासिन्दाको सहयोगमा राजमार्ग प्राधिकरणको एम्बुलेन्सले उनीहरुलाई गम्भीर अवस्थामा इटहर ग्रामीण अस्पताल पुर्याए तर ड्यूटीमा रहेका डाक्टरले अबु ताहेरलाई मृत घोषित गरे र नाजरा खातुनलाई गम्भीर अवस्थामा रायगञ्ज जिल्ला अस्पतालमा रिफर गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement