रेल दुर्घटना बारे छानबिन गर्नुपर्ने मुख्यमन्त्री ममता ब्यानर्जीको भनाइ

00-1-Balasore-Odisha-train-accident

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले बालासोरमा भएको रेल दुर्घटना स्थलको पुगिन्। सो क्रममा उनले दुर्घटनास्थलको निरीक्षण गर्नुका साथै रेलमन्त्री अश्विनी वैष्णवसँग पनि कुराकानी गरिन्। रेलवे र ओडिशा सरकारलाई सबै सम्भावित सहयोगको आश्वासन दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीले यस विषयमा उचित छानबिन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘केही त भएको हुनुपर्छ। उचित छानबिन होस्l’ उनले रेलवेमा समन्वयको कमी रहेको पनि बताए। मुख्यमन्त्री ममता ब्यानर्जी शनिबार बिहान कोलकाताबाट बालासोर पुगिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement