विधायक शंकर घोषले पनि गरे पूजा

सिलगढी: आज बाबा लोकनाथको तिरोधन दिवसको अवसरमा राज्यभरका बाबा लोकनाथका मन्दिरहरूमा विशेष पूजा जारी छ। सिलगढी नजिकैको दागापुरमा रहेको लोकनाथ मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ। सिलगढीको विधायक शंकर घोषले पनि आज बाबा लोकनाथ मन्दिरमा पूजा गरे। आजको यस विशेष अवसरमा मन्दिरमा पूजाआजा गर्नुका साथै दिनभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।