गैरीबास हायर सेकेन्डरी स्कूलमा करियर काउन्सिलिङ सम्पन्न

00-1-IMG-20230603-WA0087

सिलगढी: हिमालयन वेल्फेयर अर्गनाइजेसनको पहलमा गैरी बास हायर सेकेन्डरी स्कूलमा  मिति शुक्रबार दिन करियर काउन्सिलिङ आयोजना गरियो। उच्च माध्यमिक पास गरिसकेका र बाह्रौं श्रेणीमा अध्यनरत विद्यार्थीहरूलाई लिएर उक्त करियर काउन्सिलिङ गरियो।  स्कूलका प्रधान अध्यापक पदम सुवेदीले हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष तथा गोर्खा च्यारिटेबल हस्पिटलका महासचिव तथा केएफसीका कार्यकारी अध्यक्ष  सुरेन प्रधानको बारेमा सबैलाई जानकारी गराएl त्यस पछि स्कुलको पक्षबाट सुरेन प्रधान, रिपन गौतम र अलि अन्सारीलाई  शिक्षिका निक्की छेत्रीले स्वागत गरिन्। 

करियर काउन्सिलिङ शुरु गर्न अघि सुरेन प्रधानले रिपन गौतम र अलि अन्सारीको परिचय राखेl रिपन गौतमले नर्सिङ बारे बिस्तृत रूपमा जानकारी दिँदै नर्सिङ कोर्स कस कसले गर्नसक्छ अनि कति पर्सेन्टेज मार्क्स ल्याएको हुनुपर्छ उच्च माध्यमिक र यो नर्सिङ केटाहरुले पनि गर्नसक्ने जानकारी गराएl

होटल म्यनेजमेन्ट बारेमा अलि अन्सारीले विस्तृत रूपमा जानकारी गराएl एक वर्षको डिप्लोमा अनि दुई वर्षको डिप्लोमा गर्दा के कति फिस लाग्छ र एक वर्षको डिप्लोमा गर्नेले ५ महिना पछि नै स्टार रेन्किङ होटलमा ट्रेनिङ शुरु भएपछि एक वर्षसम्म कति स्टाइपेन पाँउछ अनि कोर्स पूरा भए पछि स्टार होटलमा स्कूलबाटै नोकरी लगाइदिने अनि कम्तिमा कति तनखा पाइन्छ सो बताइदिए।  त्यसरी नै दुई वर्षको डिप्लोमा गर्दा ७ महिना पछि स्टार होटलमा ट्रेनिङ गर्दा कति स्टाइपेन पाँउछ अनि दुई वर्षको कोर्स पूरा गरेपछि विदेशमा स्कूलले नै ग्यारेन्टेड नोकरी लगाइदिने अनि त्यस समय उसको तनखा कति हुन्छ र कोर्स फि कति हुन्छ त्यस बारेमा पनि जानकारी गराइदिएl

सुरेन प्रधानले यो करियर काउन्सिलिङ स्कूलमा गंर्नुको उद्देश्य बारेमा बताएl उनले भने, ‘यो बाटो देखाउने प्रयास मात्रै हो, र नानीहरू हामीले देखाएको बाटोमा हिडनै पर्छ भन्ने कुनै करकाप छैन सबैको आफ्नै इच्छा हुन्छl’ उनले रक्तदान बारेमा विद्यार्थीहरूलाई विशेष जानकारी दिएl यस बारेमा उनले रक्तदान गर्दा हुने फाइदा बारेमा बताएl उनले भने, ‘एक स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनापछि नै रक्तदान गर्नसक्छन्l रक्तदान गर्दा कमजोरी हुने या अरु केही बिमार लाग्ने त्यस्तो केही हुँदैन ।  जसलाई रगत चाहिएको हुन्छ उसले न र रक्तदान गर्नेको जात हेर्छ, न धर्म हेर्छ न त लिंग नै हेर्छ।  रगत भनेको यति महत्त्वपूर्ण कुरो हो त्यसैले नानीहरूले यो उमेरदेखि नै रक्तदान गर्ने आदत बसाउन पर्छl’ गैरीबास हायर सेकेन्डरी स्कूलमा रक्तदान शिविर आयोजना गर्ने उनले बताए ।

प्रधान अध्यापक पदम सुवेदीले यो करियर काउन्सिलिङ तथा जनचेतनामूलक कार्यक्रममा उपस्थित रहेर विद्यार्थीहरूसित कतिपय प्रश्नहरु पनि गर्दै सबैले ध्यान दिएर सुन्ने बताए।  स्कूलका शिक्षक दिवस गुरुङ र एनबी छेत्री पनि उपस्थित थिए। कार्यक्रममा अतिथि सत्कारको निम्ति हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले स्कूलका अधिकारीवर्गप्रति  कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement