सिलगढी: ४३औँ ‘उत्सर्ग’ कार्यक्रम अन्तर्गत बागडोगरा ट्राफिक गार्डद्वारा मतिगढाको सिटी सेन्टर आउट पोस्टमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिसकर्मी लगायत साधारण मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा हालसमम लगभग ६० युनिट रगत संग्रह गरियो जुन सिलगढी तराई लायन्स ब्लड बैंकमा पठाइने छ। उक्त रक्तदान शिविरमा पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी, डीसीपी ट्राफिक अभिषेक गुप्ता, एसीपी ट्राफिक वेस्ट आशिष सुब्बा, एसडीसीपी पूर्णिमा शेर्पा, बाघडुग्रा ट्राफिक गार्डका ओसी एसएस नेगी लगयात अन्य पुलिस कर्मी उपस्थित थिए।










