के-लीगः एनबीएफए र बोंग एफसी-बीच म्याच ड्र

photocollage_202363123722635.jpg

३ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए) र बोंग एफसी-बीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको दिनको दोस्रो म्याचमा दुवै टीमले गोलको खाता खोले पनि निर्णायक गोल हासिल गर्न सकेन। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement