३ जूनः राजबारी खेलकुद संघ, दार्जीलिङको तत्त्वावधानमा आयोजित पहिलो राजबारी ओपन नक्आउट भलिबल प्रतियोगितामा शुक्रवार दोस्रो सेमिफाइनल म्याच खेलियो। दीपक जूनियर हाई स्कूल नजिक राजबारी खेल मैदानमा खेलिएको म्याचमा दार्जीलिङ युनाइटेडले सूम युनाइटेडलाई २५-२०, १८-२५, २५-१९, २५-२१-ले पराजित गऱ्यो। अब ४ जूनमा खेलिने टुर्नामेण्टको फाइनलमा दार्जीलिङ युनाइटेड र सी. नाइट्सबीच भिड़न्त हुनेछ। यस भलिबल प्रतियोगितामा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









