ओडिशा रेल दुर्घटनाः २०० जनालाई कोलकाता ल्याइॅंदै

00-1-Coromandal-Express-accident-accd_567

कोलकाता: ओडिशाको बालासोरको बाहानगा बाजार स्टेशन छेउ कोरोमण्डल एक्सप्रेस र सरएम विश्वेश्वरैया हावड सुपरफास्ट एक्सप्रेस दुर्घटनाग्रस्त हुँदा अहिलेसम्म २३८ जनाको मृत्यु भएको छ। रेलवेले शनिबार बिहान जारी बयानमा यसको पुष्टि गरेको छ। जानकारीअनुसार, ६५० जना गम्भीर रूपमा घाइते भएका छन्, जसलाई गोपालपुर, खंतापाडा, बालासोर, भद्रक र सोरोका भिन्न-भिन्नै अस्पतालहरूमा भर्ती गरिएको छ। केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव घटनास्थलमा पुगेका छन् र स्थितिका जायजा लिइरहेका छन्। राहत एवं बचाउ कार्यको निगरानी दक्षिण पूर्व रेलवेका महाप्रबन्धक र अन्य वरिष्ठ अधिकारीहरूले लिइरहेका छन्।

यसैबीच सरएम विश्वेश्वरैया हावडा सुपरफास्ट एक्सप्रेसलाई हावडा ल्याउने कार्य गरिॅंदैछ। यसमा १००० यात्री छन्। यस अतिरिक्त, एउटा विशेष ट्रेन चलाइएको छ, जुन बालासोरदेखि हावडा आइरहेको छ। यसमा २०० यात्रीलाई कोलकाता ल्याइॅंदैछ। यी यात्रीहरूलाई रेलवेद्वारा भोजनको व्यवस्था गरिएको छ। खडगपुर स्टेशनमा यी यात्रीहरूलाई भोजन गराइएको छ। रेल हावडा पुगेपछि यी यात्रीहरूलाई भोजन उपलब्ध गराइनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement