ओडिसा: कोरोमण्डल एक्सप्रेस भीषण दूर्घटना, २ सय ३३ जनाको मृत्यु, ९ सय घाइते  

00-1-Coromandale-Express

बालासोर: कोरोमण्डल एक्सप्रेस शुक्रबार साँझ ओडिशाको बालासोरमा मालगाडीसँग ठोक्किएपछि भीषण दुर्घटना भएको छ। जसमा २३३ जनाको मृत्यु भएको छ भने नौ सय भन्दा बढी घाइते भएका छन्l दुर्घटना भएको बलासोर जिल्लामा घाइतेहरुको उद्दारका लागि २ सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको उडिसाका मुख्य सचिव प्रदीप जिनाले बताएका छन्। शुक्रबार मध्यराति एउटा यात्रुवाहक रेल लिकबाट अर्को लिकमा खसेको र अन्य रेलहरु आएर आपसमा ठोक्किएपछि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। यो रेल दुर्घटना भीषण हो। घटना स्थलमा उद्दारको कार्य चलिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। केही भारतीय संचार माध्यमहरुले भने मृतकको संख्या २३३ पुगिसकेको बताएका छन्।

भारतीय रेलवेका अनुसार दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस नामक दुई रेलवे सेवाहरु संलग्न रहेका छन्। ठूलो र भयानक दुर्घटना भएकाले घटना स्थलमा १ सय बढी चिकित्सकहरु परिचालन गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू दुःखी भएको बताउँदै शोक सन्तप्त परिवारसँग आफ्नो समवेदना रहेको बताएका छन्।

रेलको आठ वटा बग्गी पल्टियो। त्यही क्रममा रेलको इन्जिन गुड्स ट्रेनमा चढ्यो। दुर्घटनामा १५० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ। ओडिशाका मुख्य सचिव प्रदीप जेनाले यसको पुष्टि गरेका छन्। केही स्थानीय सञ्चारमाध्यमले घाइतेको संख्या २५० जनासम्म पुर्याएका छन्। राहत र उद्धार कार्य जारी छ। उही समयमा, बेंगलुरु हावडा सुपरफास्टका केही बोगी बालासोर नजिक पटरीबाट खसेका थिए। घाइतेहरुलाई बहनगा अस्पतालमा भर्ना गरिएको छ। बालासोर र अन्य नजिकका जिल्लाहरूबाट पनि मद्दतको लागि मेडिकल टोलीहरू पठाइएको छ। यस रुटका सबै रेलहरू रोकिएका छन्। दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ। दुवै रेल एउटै लाइनमा आएका कारण यो दुर्घटना भएको बताइएको छ। रेलवे ट्र्याकमा त्रुटिपूर्ण सिग्नलका कारण दुवै रेल एकै ट्र्याकमा ठोक्किएका थिए। मिडिया रिपोर्टका अनुसार यो ट्रेन दिउँसो ३.१५ बजे शालिमार स्टेशनबाट प्रस्थान गरेको थियो। ओडिशाको बालासोरबाट ४० किलोमिटर टाढा बहानागा स्टेशन नजिक साँझ ७:२० बजे मालगाडीसँग ठोक्किएपछि यो लिकबाट खसेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement