गान्तोकमा १३ जूनदेखि छेटौं युथ मेन्स नेशनल बक्सिङ प्रतियोगिता हुने

IMG-20230603-WA0004.jpg

गान्तोक। राजधानीस्थित पाल्जोर स्टेडियममा आगामी १३ जूनदेखि छेटौं युथ मेन्स नेशनल बक्सिङ प्रतियोगिता आयोजना गरिने भएको छ। सिक्किम अमेच्युर बक्सिङ एसोसिशन र बक्सिङ फेडरेसन अफ् इन्डियाको संयुक्त पहलमा आयोजना हुने उक्त प्रतियोगितामा देशका सबै राज्यबाट कूल ७२५ जना खेलाडी साथै प्रतिनिधिहरूले सहभागिता जनाउने सिक्किम अमेच्युर बक्सिङ एसोसिशन (साबा) का अध्यक्ष जसलाल प्रधानले जानकारी गराए। आज राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानले उक्त प्रतियोगिता १३ जूनदेखि शुरू भएर १८ जूनमा समापन हुने बताए। उनले जानकारी गराए अनुसार सो प्रतियोगिताको निम्ति १२ जूनको दिन २८ वटा राज्य र ८ वटा युनियन टेरिटोरियलका खेलाडीहरू सिक्किम आइपुग्ने भएका छन्। हालसम्म ५ सय भन्दा अधिक खेलाडीहरूले नाम दर्ता गराइसकेको उनले थप जानकारी गराए। यस प्रतियोगितामा केवल जुनियर र सबजुनियर खेलाडीहरूले अंशग्रहण गर्नेछन्। उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरूले आगामी 25 जुलाईदेखि काजास्तानमा सम्पन्न हुने एशियान खेलमा सोझै खेल्ने अवसर पाउने उनको भनाइ हेको छ। यसै क्रममा सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले यो प्रतियोगिता राष्ट्रीयस्तरको भएकोले यस प्रकारको प्रतियोगिता आयोजना गर्न पाउनु सिक्किमको निम्ति गर्वको विषय रहेको बताए। वर्तमान सरकारले खेलकूदप्रति धेरै चासो राखेको कारण हाल सिक्किममा राष्ट्रीयस्तरको विभिन्न प्रकारको प्रतियोगिता आयोजना भइरहेको उनले अवगत गराए। सो खेलको निम्ति हाल राज्यका बक्सिङ खेलाडीहरूले सन्ध्या गुरूङ र अन्यहरूको अधिनमा प्रशिक्षण लिइरहेको जानकारी गराए। यसै क्रममा उपमेयर छिरिह पाल्देन भोटियाले सिक्किमले यस प्रकारको प्रतियोगिता आयोजना गर्न अवसर पाएकोमा उनले आयोजक समितिलाई बधाई दिए। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले खेलप्रति देखाएको चासोको कारण सिक्किम राज्यले राष्ट्रीयस्तरको धेरैवटा खेलहरू आयोजना गर्ने अवसर पाइरहेको अवगत गराइन्।

About Author

Advertisement