सोनादा: अप्पर सोनादा डाँडा गाउँ निवासी मनिष छेत्री अनि गिता छेत्रीको छोरी क्यान्सर पीडित अरुणा छेत्रीलाई ग्रीन तारा फाउण्डेसनद्वारा उपचारको निम्ति तेस्रो चरणको सहयोग पुर्यारउँदै आज ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। यस भन्दा अघि पनि ग्रीन तारा फाउन्डेसनले प्रथम चरणमा ९ हजार ६०० रुपियाँ अनि दोस्रो चरणमा १० हजार रुपियाँको आर्थिक सहयोग पुर्यायएको थियो। फाउण्डेसनका अध्यक्ष किशोर राई अनि सदस्य वाई लामा आज सोनादा डाँडा गाउँमा मनिष छेत्रीको वासस्थानमा पुगेर उक्त सहयोग राशि पीडित अरुणा छेत्रीको पिता मनिष छेत्रीलाई प्रदान गरेका छन्। उक्त सहयोग राशि सङ्कलनको निम्ति अनमोल राईको टोलीले धेरै सहयोग पुर्यारएको फाउण्डेसनका अध्यक्ष किशोर राईले जानकारी दिएका छन्। ग्रीन तारा फाउण्डेसनले मेरो छोरी अरुणा छेत्रीको उपचारको निम्ति धेरै सहयोग पुर्यााएका छन् यसको म वहाँहरुलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चहान्छु भनी मनिष छेत्रीले जनाएका छन्। स्मरण रहोस्, अरुणा छेत्री क्यासर रोगले पीडित भएर हाल भेलोरको एउटा अस्पतालमा उपचार गराइरहेका छन्।









