उत्तर दिनाजपुर: जिल्लाको ग्यालपोखर थानाको पञ्जीपाडा चौकीको पुलिसले बिहीबार दिउँसो ठूलो परिमाणमा सुन चाँदीका गहना र नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। अभियुक्त हातमा दुईवटा झोला लिएर पञ्जीपारा बजार क्षेत्रमा उभिरहेका थिए। सोही क्रममा पुलिस ले उनलाई पक्राउ गरेको हो। पुलिसले झोलाको खोजी गर्दा त्यसमा ठूलो परिमाणमा सुन-चाँदीका गरगहना र नगद भेटाए। सोधपुछका क्रममा अभियुक्तले वैध कागजात पेश गर्न सकेनन्। त्यसपछि पुलिसले उनलाई पक्राउ गरे। पुलिसअनुसार पक्राउ परेका अरुण डे हुग्ली जिल्लाको श्रीरामपुर थानाको तेलीपारा लेनका निवासी हुन्। आरोपीले कोलकाताको राजारहटबाट अवैध रूपमा गहना संकलन र तस्करी गरेको पुलिस समक्ष स्वीकार गरेका छन्। उनको साथबाट बरामद भएको चाँदीका गहनाको तौल ६.१५३ केजी र सुनका गरगहनाको तौल ७०.६३० ग्राम रहेको छ । यससँगै उनको साथबाट ४ लाख १९ हजार ४ सय नगद बरामद भएको छ।









