दिनहाटा: दिनहाटामा भाजपा नेता प्रशान्त राई बसुनियाको हत्याको विरोधमा शुक्रबार राति कुमारग्राम ब्लकको बारविशामा भाजपाले सडक अवरुद्ध गरे। शुक्रबार राति भाजपाका नेता तथा कार्यकर्ताले बारविशा चौपाथी नजिकै कुमारग्राम–जोराई राज्य राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेकाे जानक्कारी छ। यस अवरुद्धमा भाजपाका अलीपुरद्वार जिल्ला सचिव विप्लव दास, कुमारग्राम-३ मण्डल अध्यक्ष विजय बरुआ र अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवरुद्धकाे खाबर पाउनेसाथ बारोबिशा पुलिस चौकीका ओसी नयन दास, कामाख्यागुडी थानाका ओसी पाल्देन शेर्पाको टोली घटनास्थलमा पुगे। भाजपा नेता तथा कार्यकर्ताले सडक अवरुद्ध हटाउन अस्वीकार गरेपछि पुलिस ले जबरन अवरुद्ध हटाए। त्यसपछि राष्ट्रिय राजमार्गमा सवारी आवागमन सामान्य भयो। बीजेपीका अलीपुरद्वार जिल्ला सचिव विप्लव दासले भने, ‘म दिनहाटा घटनाको कडा निन्दा गर्दछु। तृणमूल समर्थित असामाजिक तत्वहरू यस कार्यमा संलग्न छन्।