नोडल अधिकारीले गरिन नाम्ची जिल्ला प्रशासनसँग बैठक

IMG-20230603-WA0001.jpg

नाम्ची: जलशक्ति अभियान “क्याच द रेन” को निम्ति निरीक्षण गर्न केन्द्रबाट आएका दुईजना सदस्यले गत ३१ मईदेखि २ जूनसम्म नाम्ची जिल्लाको विभिन्न स्थानको भ्रमण गरे। भ्रमण टोलीमा गृह मन्त्रालय मामिला विभागकी निर्देशक मोनालिशा दास र बैज्ञानक भुषण साहुले नाम्चीको विभिन्न स्थानको भ्रमण गर्दै जलशक्ति अभियान कार्यान्वयन भएको छ की छैन् भन्नेबारे जानकारी लिएका छन्। यसै क्रममा उनीहरूले नाम्ची जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरूलाई लिएर एक बैठक पनि गरे। बैठकलाई सम्बोधन गर्दै नोडल अधिकारी मोनालिषा दासले वर्षाको पानी सम्बन्धी राष्ट्रव्यापी अभियानलाई सफल बनाउन समन्वय गरी दिगो समाधान निकाल्न अधिकारीहरूलाई निर्देशन दिए। यसका साथै उनले जलशक्ति अभियान सम्बन्धी त्रैमासिक बैठकहरू सञ्चालन गर्न र जल संरक्षणमा भएका विकासका कार्यहरूको निरीक्षण गर्न समिति गठन गर्नुपर्ने अधिकारीहरूलाई आग्रह गरिन्। यसबाहेक, उनले यस योजनाको उपलब्धिको लागि जनताको सहभागिता अत्यन्त महत्त्वपूर्ण भएकोले जनतालाई संलग्न गराउनु पर्ने विषयमा जोर दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement