शिक्षा विभागका सल्लाहकार सुब्बाले गरे बीएड कलेजको भ्रमण

IMG-20230602-WA0343.jpg

गान्तोक: शिक्षा विभागका सल्लाहकार एमपी सुब्बाले सोरेङमा सञ्चालित बीएड कलेजको भ्रमण गरे। भ्रमणको क्रममा सुब्बासँग सीईओ केबी छेत्री, उपनिर्देशक एमके खेवा लगायत अन्य अधिकारीहरू पनि सामेल थिए। उक्त महाविद्यालयमा आधारभूत सुविधा, पूर्वाधार र सामान्य प्रशासनको निरीक्षण गर्न उनले भ्रमण गरेका हुन्।

कलेज परिसरको निरीक्षण पछि बैठक पछि उनले कलेजका अधिकारीहरूलाई लिएर वर्तमान परिस्थितिमा शिक्षाको विकास लगायत अन्यबारेमा जानकारी गरे। उनले तोकिएको काम समयमै समाप्त गर्नको निम्ति आग्रह गर्दै सबैले सक्रियरूपमा कार्य गरेमा सफल हुने बताए। यो भूमण्डलीकरणको परिवेशमा बदलिँदै गएको परिदृष्य अनुसार आफ्नो क्षमतामा सुधार गर्नुपर्ने उनको भनाइ थियो। शिक्षा विभागले सर्वाङ्गीण विकासका लागि गरेको प्रयासको चर्चा गर्दै उनले सबैसँग समन्वय गरी काम गर्न र अरुको पनि राम्रो कामको सरहना गर्नुपर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement